समाचार
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । देशको मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सडकमा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे.१ त...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगरको धुलो ५ सय २० मिलिग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको छ...
वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले आगामी साल २०८१ को बैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । त्यसको लागि आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि आयोगले सरकारसँग परामर्श गर्ने...
राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकरलाई नियुक्त गर्ने निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको प्रस्तावमा सो मन्त्रालयका...
व्यवसायी अरुण चौधरी पक्राउ
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार, चौधरीमाथि बाँसबारी छाला तथा जुत्ता कारखानाको १०...
राष्ट्रियसभा अध्यक्ष र इजरायलका राजदूतबीच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता भएको हो । सो क्रममा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने...
ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग
मकवानपुर । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग गरेको छ । वार्षिकोत्सव र स्थापना दिवसको अवसरमा बिहीबार बिहीबार हेटौंडा २ मा रहेको ओम बृद्धाश्रमलाई नगद ५ हजार २५ रुपैयाँसहित ४ बोरा चामल,...
सर्लाहीमा एक युवती मृत फेला
सर्लाही । सर्लाहीको बलरामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । मृत अवस्थामा फेला पर्नेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी रहेकी छन् । मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक पूजा देवीको...
लोकतन्त्रवादी चेपाङ संघको अध्यक्षमा मकवानपुरका सन्तबहादुर
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । महासंघको विधान २०७९...
अमेरिकाको कामदार भिसाका लागि अनलाइन दर्ता मार्च ६ गतेबाट
न्यूयोर्क । अमेरिकाको सन् २०२४ का लागि कामदार भिसा एचवानबीको लागि अनलाइन दर्ता प्रक्रिया मार्च ६ गतेबाट सुरु हुने भएको छ । युएससीआईएसका अनुसार मार्च ६ को दिउँसो १२ बजेबाट मार्च २२ को दिउँसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिने छ । यस वर्ष कूल भिसा संख्या ८५ हजार...










