राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकरलाई नियुक्त गर्ने निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको प्रस्तावमा सो मन्त्रालयका मन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।
बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायु सेवा निगम ऐन २०१९ दफा ४ को उपदफा ४ बमोजिम नेपाल वायु सेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
