सर्लाहीमा एक युवती मृत फेला
सर्लाही । सर्लाहीको बलरामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । मृत अवस्थामा फेला पर्नेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी रहेकी छन् ।
मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार रहेका छन् ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको भन्दै प्रहरीले फरार पति र ससुराको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिएको छ ।
