वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

तु खबर संवाददाता
२०८० माघ १८, बिहीबार १५:३५

काठमाडौं । निर्वाचन आयोगले आगामी साल २०८१ को बैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

त्यसको लागि आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको उनले बताए ।

हाल प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त रहेका छन् ।

जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुख, १७ वडाध्यक्ष पद, एक नगर उपप्रमुख, एक गाउँपालिकाका अध्यक्ष, दुई उपाध्यक्ष, एक÷एक जना प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छन् ।