बिहीबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरी उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, बुधबार प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ५ सय रुपैयाँले बढेकोबढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।