आज ४ वटा संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० माघ १५, सोमबार ०९:१४
file-photo

काठमाडौं । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार, आज बिहान कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुने जनाइएको छ ।

यसैगरी, आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने उक्त बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ ।

यस्तै, दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।