समाचार
घुससहित सहायक वन अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार घुससहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले घुस रकमसहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार, काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सात हजार रुपैयाँ घुस लिइसकेको र बाँकी ४५...
धारिलो हतियार प्रहार गरी युवकको हत्या
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । जिल्लाको बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार साँझ बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शुक्रबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख गरिएको छ । यस्तै, आज देशको पहाडी भू–भागका केही स्थानमा...
कांग्रेसको ७८ औँ स्थापना दिवस आज मनाइँदै
काठमाडौं । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ७८ औँ स्थापना दिवस आज मनाइँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी...
दुर्घटनामा परेर एक जनाको मृत्यु
खजुरा । कोहलपुर नगरपालिका–१४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु...
‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई स्वीकृत प्रदान गरेको छ । बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले समुदायमा आधारित उक्त कार्यक्रम कार्यान्वयन कार्यविधिलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।...
रिपोर्टर्स क्लब मकवानपुरले न्यौपाने र शर्मालाई नगदसहित सम्मान गर्ने
मकवानपुर । रिपोर्टर्स क्लब नेपाल मकवानपुरले सहिद बासुवेद घिमिरे स्मृति पत्रकारिता पुरस्कार २०८० बाट दुई जना पत्रकारलाई नगदसहित सम्मान गर्ने भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले माघ १६ गते सहिद दिवसका दिन जनही ८ हजार ८ सय ८८ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त...
राष्ट्रियसभा निर्वाचन: बागमतीमा गठबन्धनका चारै जना निर्वाचित
मकवानपुर । राष्ट्रिय सभा सदस्य पदको बागमती क्लस्टरको निर्वाचनमा सत्तारुढ गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार घनश्याम रिजाल, जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी र श्रीकृष्ण अधिकारी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको तर्फबाट बस्नेत र पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट अधिकारी र नेकपा...
भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु
मुगु । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । जिल्लाको सोरुगाँउपाली–६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोली रहेका छन् । जिल्लाका...
मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी
धनुषा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । जसमा क्रमशः आनन्द ढुंगाना र जसपाका पूजा चौधरी रहेका छन् । ढुंगाना अन्य तर्फबाट ७ हजार ३७० मत र चौधरी...










