एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजबाट

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार ०८:३८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले विधान हेरफेर गर्न आजबाट राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । दुई दिनसम्म संचालन हुने सम्मेलन आजबाट सुरु हुन लागेको हो ।

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा गर्ने भएका छन् ।

राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने जनाइएको छ ।