सातामा ७१ अङ्कले घटेर नेप्से सूचक २ हजार ८४ विन्दुमा झर्यो
काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से पाँचै कारोबार दिन नेगेटिभ (ऋणात्मक) बन्न पुगेको छ ।
अघिल्लो हप्ताको बुधबार अर्थात् माघ ३ गतेदेखि ओरालो लाग्न थालेको नेप्से सूचक निरन्तर यो हप्ता पनि ओरालो लागेको हो ।
माघ ११ गतेसम्म यो साता ७१.७३ अङ्कले नेप्से घट्दै २ हजार ८४ विन्दुमा झरेको हो ।
आइतबार २५.६३ अङ्कले घटेको नेप्से सूचक सोमबार ३१.४९ अङ्कले, मंगलबार, बुधबार र अन्तिम कारोबार दिन बिहीबार क्रमशः ०.४० अङ्क, १०.२५ अङ्क र ३.९४ अङ्कले नेप्से घटेको हो ।
यो साता २५ अर्ब ५४ करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
