फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन हुने

तु खबर संवाददाता
२०८० माघ १२, शुक्रबार ०९:२१
file-photo

काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशैभर दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।

सरकारले दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म उक्त अभियान संचालन गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो ।

करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।