मकवानपुरका स्याङतान पक्राउ
मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध र नगदसहित प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नं.८ गल्छीबाट लागूऔषध गाँजाको धुलो १० किलो र नगद ७४ हजार ९९५ रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८, महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङतान रहेको प्रहरीले जनाएको छ ।
उनलाई विशेष सुचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
