राष्ट्रियसभा निर्वाचनः हेटौंडामा मत गणना सुरु

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार १६:३३

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्र्तगत बागमती प्रदेशको हेटौंडामा मत गणना सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ भुटनदेवी माबिमा मतदान सम्पन्न भएपलगत्तै मत गणना सुरु भएको हो ।

मत गाणना केहीबेर अघि सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सांसद र स्थानीय प्रतिनिधिको छुट्टाछुट्टै मत गणना भइरहेको जनाइएको छ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजे सम्पन्न भएको मतदान प्रकृयामा ३४२ जना सहभागी भए । ३४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभा तर्फका २ जना र स्थानीय तहतर्फका ३ जना भने अनुपस्थित भए ।

बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी ४ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।