भीमफेदीको एक सामुदायिक वनको सालको गोलिया काठमा आगलागी
मकवानपुर । मकवानपुरको भीमफेदीमा बुधबार एक सामुदायिक वनको सालको गोलिया काठमा आगलागी भएको छ ।
भीमफेदी गाउँपालिका वडा नं.१ सानुटार याङराङ खोलामा नजिकै कालिका किसडी सामुदायिकको ८०० क्यूफिट काठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त काठको थुप्रोमा आगलागी हुँदा २०० वटा गोलिया बाँकी रहेको अरु सबै जलेर नष्ट भएको हो । आगो के–कसरी लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
