हेटौंडामा बस दुर्घटना

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार १०:३६

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ पुतलीबजारमा आज बिहान बस दुर्घटना भएको छ ।

बिहान ९ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.३ ख ५३०३ नं.को बसले टेलरलाई साईड दिने क्रममा अचानक सडक साईडमा पल्टिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर हालसम्म कम्तिमा १० जना घाइते भएका छन् ।

उक्त बसमा १५ जना सवार थिए । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि हेटौंडातर्फ पठाइएको जनाइएको छ ।

उक्त घटनाको बारेमा बाँकी विवरण आउन बाँकी छ ।