दुर्घटनामा परेर बोलेरो चालकको मृत्यु
कास्की । कास्कीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय कृष्णबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कास्की पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने बोलेरो दुर्घटना हुँदा थापाको मृत्यु भएको हो ।
मृतक थापा बोलेरो चालक हुन् । यसैगरी, सोही दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा परेर पोखरा नगरपालिका–१८ बस्ने ६९ वर्षीया हिमकला थापा र सोही ठाउँमा बस्ने ७० वर्षीया चन्द्रकला थापा घाइते भएका हुन् ।
घाइतेमध्ये हिमकलाको टाउँकोमा चोट लागेको छ भने चन्द्रकलाको ढाडमा चोट लागेको छ । घाइते दुबै जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ ।
