नगर प्रमुख लामाद्वारा ज्योति माबिको ४ कोठे भवनको शिलान्यास

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार १७:०९

मकवानपुर । मकवानपुरको हेटौंडास्थित ज्योति माध्यमिक विद्यालय (प्राबिधिक शिक्षालय) को ४ कोठे भवनको बुधबार शिलान्यास गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो । भवनको शिलान्यास हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले गरेकी हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले अध्यक्षतामा भएको हो । सो क्रममा अध्यक्ष रम्तेलले चालु आर्थिक वर्षको बजेटमा समावेस रहेको विद्यालय भवनको निर्माणका लागि करिब १ करोड रुपियाँ लाग्ने अनुमान गरिएको जानकारी दिए ।

शिलान्यास कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिलकुमार बानियाँ, विद्यालयका प्रधानाध्यापक जयराम थापासहित स्थानीय संघसस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।