समाचार
७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडास्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ । हेटौंडा बजार लायन्स क्लबका अध्यक्ष रोशन खनालको प्रायोजनमा उक्त विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको हो । मकवानपुरगढी–३ का वडअध्यक्ष भागवत घिमिरेले सहयोगका लागि आग्रह गरेपछि आफुहरुले सक्दो सहयोग गरेको...
यस्तो रहनेछ आजको मौसम
काठडमौं । मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी...
राष्ट्रिय सभा निर्वाचन लक्षित प्रचारप्रसारमा रोक
काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तरगत आजदेखि प्रचारप्रसारमा रोक लगाइएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजे रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाइएको हो । निषेधाज्ञामा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा...
राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरिएको ३ हजार ६८० बोरा मल बरामद
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरेको रासायनिक मलसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ । ८ वटा रासायनिक मल सहितको ट्रकलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे प्रहरी चेकपोष्टबाट ट्रक नियन्त्रणमा लिइएको हो ।...
छैठौं बागमती गोल्डकप फागुन १ गतेदेखि हुने
मकवानपुर । छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती खेलकुद विकास समितिले सो बारे जानकारी दिएको हो । सम्मेलनमा बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र...
चीनको युनानमा पहिरोमा परेर ८ जनाको मृत्यु
चीन । चीनको दक्षिण पश्चिम युनान प्रान्तको जेनसिओङ काउन्टीमा आज बिहान गएको पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ५: ५१ बजेको समयमा गएको परेर मृत्यु हुनेको संख्या कम्तीमा ८ जना पुगेको हो । पहिरोमा ४७ जना पुरिएका थिए । युनानमा अहिले तापक्रम शून्यभन्दा तल...
हेटौंडाबाट एक युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौंडाबाटल आज दिउँसो एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित पिपल चौताराबाट लागूऔषध खैरोहिरोइन २५ ग्राम १०० मिलिग्रामसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको बागेस्वरी नगरपालिका वडा नम्वर ७...
शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । गत साताको बुधबारदेखि नै घट्न थालेको नेप्से परिसूचक आज पनि घटेको हो । गत साताको बुधबार १२ अंकले घटेको नेप्से बिहीबार ७ अंकले घटेको थियो । यस्तै, हिजो आइतबार २५ अंकले घटेको परिसूचक आज...
राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
जनकपुरधाम । सप्तरीमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परेर मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् ।...
लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर । प्रहरीले लागूऔषध गाँजासहित सोमबार दिउँसो मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नम्वर ८, दामगडेस्थित भित्री सडकखण्डबाट लागूऔषध गाँजाको धुलो ५० किलोसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका ५ घर भई हाल थाहा नगरपालिका–९, नारायणहिटी बस्ने २७...










