समाचार
दाङमा रात्रि बस दुर्घटना, दुईको मृत्यु
दाङ । दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति रात्रि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ –०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी...
ढुवानी कर छली गर्ने आठ वटा ट्रक नियन्त्रण
मकवानपुर । मकवानपुर प्रहरीले ढुवानी कर छली गर्ने मल बोकेका आठ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार राति र आइतबार दुई दिनमा पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट ती ट्रकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना.६ ख.५२०४,...
अवैध लागूऔषधसहित ८ जना पक्राउ
काठमााडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सल्यान, मकवानपुर, मोरङ र सप्तरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सल्यानको त्रिबेणी गाउँपालिका–६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा ९ सय ५० ग्रामसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरीले...
पासोमा परेको अवस्थामा मृत भेटियो पाटे बाघ
कैलाली । कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । आइतबार पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएपछि प्रहरीलाई खबर गरेक थिए । खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको...
लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई दिने तयारी
काठमाडौं । संघीय सरकारले लाइसेन्स छपाइको जिम्मा प्रदेश सरकारलाई दिने तयारी गरेको छ । आइतबार संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरुको सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय बैठकमा बोल्दै मन्त्री प्रकाश ज्वालाले सो कुरा बताए । हाल लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षासहित...
पूर्व राजाले गरे चुरियामाई र ज्याङ्छुपलिङ पोताला गुम्बामा पुजाअर्चना
मकवानपुर । पूर्व राज्ञा ज्ञानेन्द्र शाहले आज बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर र हेटौंडा– १३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बामा पुजाअर्चना गरेका छन् । उनले दिउँसो १ बजे चुरियामाई मन्दिरमा हिन्दु परम्परा अनुसार र दिउँसो २ः४५ बजे ज्याङ्छुपलिङ पोताला गुम्बामा बौद्ध परम्परा अनुसार पुजाअर्चना गरेका हुन् ।...
आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साताको बिहीबारको तुलनामा आज शेयर बजारमा गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा पुगेर रोकिएको हो । यस्तै, आइतबार ३०८ कम्पनीको २ करोड २८...
अफगानिस्तानमा जहाज दुर्घटना
काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा भएको जानकारी गराएको हो । रसियाली अधिकारीहरुका अनुसार, आइतबार राति भारतबाट उडेको...
एमालेबाट निर्वाचित जनप्रतिनिधि कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने
काठमाडौं । नेकपा एमालेबाट जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यकारी पदमा उम्मेदवारी दिन नपाउने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संघीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिहरुले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद (अध्यक्ष र सचिव) मा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको जानकारी गराए । उनका...
दुर्घटनामा परेर दुई विद्यार्थीको मृत्यु
वीरगंज । वीरगंजमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । वीरगंज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषा ५ का सुमित यादव...










