ढुवानी कर छली गर्ने आठ वटा ट्रक नियन्त्रण

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार १८:३१

मकवानपुर । मकवानपुर प्रहरीले ढुवानी कर छली गर्ने मल बोकेका आठ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शनिबार राति र आइतबार दुई दिनमा पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट ती ट्रकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना.६ ख.५२०४, बा.प्र.०३–००१ ख.०९५२, ना.६ ख.३७३०, प्र.२–०३–००१ ख.६९७७, लु.१ ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३–००१ ख.०९५४ र ना.६ ख ९७८६ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

तीमध्ये ना.६ ख ९७८६ नम्वरको ट्रकलाई आज र अन्यलाई शनिबार राति नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती ट्रकहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।