समाचार

नवलपुरमा गर्भवती महिलाको हत्या, श्रीमान् पक्राउ

चितवन । नवलपुरको हुप्सेकोटमा आज बिहान गर्भवती महिलाको हत्या भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्क बस्ने ३४ वर्षीया चनिसरा लम्का मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । चनिसराको हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमान् ३३ वर्षीय शेरबहादुर लम्का मगरलाई प्रहरीले नियन्त्रणमा लिएको...

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ हेटौंडाको अध्यक्षमा स्याङ्बो

हेटौंडा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ हेटौडा उपमहानगरपालिका समितिकोे शनिवार सम्पन्न प्रथम अधिवेशनबाट शान्ति स्याङ्गो लोप्चनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा प्रमिला राई, जगबीर रुम्बा लामा, सचिवमा सृष्टी गोर्खाली र गोपाल लामा सहसचिवमा प्रमिला राई लिम्बु र प्रकाश स्याङ्तान चुनिएका हुन् । त्यस्तै सदस्यहरुमा...

आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ४९९ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । दोहा हुँदै काठमाडौं आएका झापाका खगेन्द्र दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ ।...

मकवानपुर भाँडा व्यवसायी संघमा चौलागाईँ

हेटौंडा । मकवानपुर भाँडा व्यवसायी संघको नेतृत्वमा रामकृष्ण चौलागाईँ सर्वसम्मत चयन भएका छन् । हेटौंडामा शनिवार सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा अधिवेशनले १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा बाहेक अन्य सबै पदमा निर्विरोध भएको हो । प्रतिस्पर्धी भीमराज शाक्यलाई पराजित गर्दै दुई वर्षे कार्यकालका लागि...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तीन दिने युगान्डा भ्रमण सकेर आज बिहानै स्वदेश फर्किएका छन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन गएका उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री प्रचाण्ड गत माघ ४ गते राति युगान्डातर्फ प्रस्थान गरेका थिए...

भीमफेदीका अशक्तलाई घरमै नागरिकता

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका दुई अशक्त व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अभियान अन्तरगत भीमफेदी गाउँपालिकाले एक जना जन्मजात पूर्ण शारीरिक र एक जना मानसिक असक्तलाई घरमै नागरिकता प्रदान गरेको हो । नागरिकता प्राप्त गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपाका बिर्खबहादुर थिङको...

कवि अमृतको एकल कविता वाचन तथा पुस्तक विमर्श

मकवानपुर ।  ‘समाजलाई तिम्रो खाँचो छ’ भन्ने मूल भावका साथ स्थापित फर्क अभियानद्वारा आयोजित कार्यक्रममा पोखरेली कवि अमृत क्षेत्रीका एक दर्जन कविताहरू सुनिएका छन् । “हामी बाहिरी भौतिक चिजमा बढी नै अल्मलिएका छौँ । अब आफूभित्र फर्कौँ“ भन्ने विचारका साथ  “अल्मलिएर हुन्नँ, अब आफूभित्र फर्कौँ“ भन्दै कवि अमृतले अभियानकेन्द्रित...

नेपाल बीउ व्यवसायी संघ मकवानपुरको साधारण सभा सम्पन्न

मकवानपुर । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको नवौँ साधारण सभा सम्पन्न भएको छ । उक्त संघको साधारण सभा शनिबार हेटौंडा उपमहानगरपालिका–१८ स्थित गुम्बाडाँडामा एक कार्यक्रमबीच सम्पन्न भएको हो । कार्यक्रम संघका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सो क्रममा वक्ताहरुले बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै...

सहकारीको स्थापना दिवसमा विद्यार्थीलाई झोला

मकवानपुर । हेटौंडा १० मा रहेको अग्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा शुक्रबार विद्यार्थीलाई झोला वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा १ घ्याङ्सीङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरिएको संस्थाका अध्यक्ष विकेशलाल श्रेष्ठले बताए । विद्यार्थीलाई व्यागको आवश्यकता...

आज पनि देशका विभिन्न ठाउँमा हिमपातको सम्भावना

काठमाडौँ । आज पनि देशको पहाडी भू–भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज पनि । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा...