नवलपुरमा गर्भवती महिलाको हत्या, श्रीमान् पक्राउ
चितवन । नवलपुरको हुप्सेकोटमा आज बिहान गर्भवती महिलाको हत्या भएको छ ।
जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्क बस्ने ३४ वर्षीया चनिसरा लम्का मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
चनिसराको हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमान् ३३ वर्षीय शेरबहादुर लम्का मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, बिहान १ बजेको समयमा शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
मृतक चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेरबहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
