समाचार

हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार अवैध लागूऔषधसहित हेटौंडाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट अवैध लागूऔषध अफिमसहित दुई भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको मोतिहारी घर भई पर्सा रङपुरटाडीस्थित मिठाई पसल संचालन गर्दै आएका ४०...

हेटौंडामा पंखाले काट्दा एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा पंखाले काट्दा एक जना घाइते भएका छन् । शनिबार हेटौंडा–८, एचआईडीमा पम्पको पंखाले काट्दा एक जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइते हुनेमा भारतको मोतिहारी आधारपुर घर भएका २४ वर्षीय मुन्ना दास रहेका छन् । घाइते दास गाडीको ईन्जिन बनाउने वर्कसपमा काम गर्दथे...

पूर्व राजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने जनाइएको छ । पूर्व राजा ज्ञानेन्द्र आज दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा आउने आयोजक...

आज पहाडी भू–भागमा बदली रहने, तराईमा हुस्सु लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहनेछ । यस्तै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र...

सभामुख घिमिरले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलमा बोलाएका छन् । घिमिरेले आइतबार बिहान ११ बजे बस्ने गरी समितिका सभापतिहरुलाई छलफलमा बोलाएका हुन् । छलफलका लागि बोलाए पनि के विषयमा छलफल हुने भनेर जानकारी नगराएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी...

हेटौंडाका वाइवाको आविस्कार अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीका लागि छनौट

मकवानपुर । ताइवानमा जनवरी २६ देखि फेब्रुअरी २ सम्म हुने अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी कार्यक्रममा हेटौंडा– ४ का शाश्वत वाइवाले आविस्कार गरेको मोवाइल एप्लिकेशन प्रर्दशन गरिने भएको छ । प्रदर्शनीका लागि छनौट प्रक्रियासम्पन्न भई ताइवान प्रस्थानको तयारी पूरा भएको जनाइएको छ । करिब ५० देशका युवा वैज्ञानिकहरुले गरेको छुट्टाछुट्टै आविस्कार...

राष्ट्रिय सभा निर्वाचन : प्रचारका लागि कांग्रेसको टोली प्रदेशस्तरमा जाने

काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ । कांग्रेसले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि...

पूर्व राजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

मकवानपुर । आइतबार मकवानपुरको हेटौंडा आउन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई  स्वागत गर्ने भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । पार्टी जिल्ला...

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ता

जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम प्राप्त गरेका छन् । गत कात्तिकमा गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएको ४२ हजार पाँच सय २४ जनामध्ये २७ हजार ९१ पीडितले पहिलो किस्ताको रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी...

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सातै प्रदेशमा मतपत्र पठाइयो

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि सात वटै प्रदेशमा मतपत्र पठाएको छ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको जनाएको छ । प्रदेशगत रूपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन...