आज पहाडी भू–भागमा बदली रहने, तराईमा हुस्सु लाग्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहनेछ ।
यस्तै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्न महाशाखाले जनाएको छ ।
महाशाखाले हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
