समाचार
कांग्रेस मकवानपुरको भेला पुस ३ गते
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आउँदो पुस तीन गते हेटौंडामा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले पुस तीन गते हुने जिल्ला भेलाको तयारी तीब्र पारिएको जानकारी दिएका छन् । उनले यसपटकको भेला विशेष रहने भन्दै भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा...
इन्धनको मूल्य घट्यो
काठमाडौँ । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर...
पशुपतिनाथ माविमा १७८ जनाको परीक्षण
हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार आयोजित आँखा परीक्षण शिबिरमा एक सय ७८ जनाले आँखा परीक्षण गराएका छन् । बनकरिया, तामाङ, चेपाङ लगायत समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट...
सवारी दुर्घटनामा घाइते भएका मगरको उपचारको क्रममा मृत्यु
हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरीखेतमा मोटरसाइकल दुर्घटनामा परेका हेटौंडा ३ बसामाडी निवासी २५ वर्षीय विकल सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका...
हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया
मकवानपुर । हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी नीतिगत सवाल, मुद्दा, चुनौती र आगमी सम्भावनाहरुबारे अन्तरसवाद गरिएको छ । शुक्रबार मकवानपुर महिला समूहको आयोजनामा अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागिहरुले विकशित देशहरुका कारण विशेषगरी जलवायु परिवर्तनमा असर पुगेको बताएका थिए । तुलनात्मक रुपमा नेपालीहरु जलवायुको संरक्षणमा सचेत देखिएकोे उनीहरुले बुझाइ थियो...
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन्...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...
चितवन कारागारमा एक सय कैदी बिरामी
चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । कारागारमा बिरामी...
नग्न अवस्थामा बालिकाको शव भेटियो
काठमाडौँ । धनुषामा नग्न अवस्थामा बालिकाको शव फेला परेको छ । २४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी हुन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनले लगाएका...
कांग्रेसको गगन–शेखर पक्षको भेला सुरु
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो । भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् । भेलामा आसन्न महासमिति बैठक,...









