दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते
मकवानपुर । धरान–चतारा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ भुवनचुलीमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शुक्रबार राईगाउँबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ३३४६ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक बागमती गाउँपालिका–२, राईगाउँ बस्ने ३९ वर्षीय अर्जुन पहरी र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३४ वर्षीय आईतेराम गोले रहेका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर अर्जुनको दाहीने खुट्टा र बाँया हातमा चोट र आईतेको दुबै खुट्टा र बाँया हातमा चोट लागेको छ ।
घाइते दुबै जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
