समाचार

सालकको खपेटासहित २ जना पक्राउ

कैलाली । कैलालीको बर्दगोरीया गाउँपालिका–६ स्थित सडकबाट प्रहरीले अवैध सालकको खपेटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ११ किलो १ सय ग्रामसहित बिहीबार दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशिपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका...

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको...

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र होः मन्त्री श्रेष्ठ

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने बताएका छन् । लोकतन्त्र र गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताए । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती...

स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते

रौतहट । रौतहटमा स्यालको टोकाइबाट एक दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–७ का स्थानीय गोठालाहरू घाँस काट्न बिहीबार साँझ गाउँ छेउ खेतमा गएको बेला उखु घारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा वडा ७ को वर्ष ७० का महेन्द्र...

डुङ्गा डुब्दा १४ जनाको मृत्यु

गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका र अन्य २ जना रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र...

मनहरीमा माघ १६ गतेदेखि महोत्सव हुने

मकवानपुर । मकवानपुरको मनहरी यही माघ १६ गतेदेखि महोत्सव हुने भएको छ । उक्त महोत्सव मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले आयोजना गर्न लागिएको हो । उक्त समितिले पाँचौं पटक मनहरी महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव मनहरी पुल नजिकैको खोला किनारमा हुनेछ । माघ २८ गतेसम्म...

इन्द्रसरोवरमा नागरिक आरोग्य सेवा केन्द्र

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपलिकामा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर र इन्द्रसरोवर गाउँपालिकाले संयुक्त रुपमा उक्त केन्द्रको संचालन गरेको हो । सो केन्द्रको बिहीबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । कार्यक्रम जिल्ला आयुर्वेद केन्द्र मकवानपुरका...

हेटौंडाका एक पुरुष मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको हेटौंडामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडी बस्ने अन्दाजी ४२ वर्षीय गणेश बहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, मगर बिहीबार बिहान साढे ११ बजेको समयमा आफ्नै घरदेखि...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुसार अनुसार, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनुका साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको जनाइएको छ । यस्तै, आज दिउँसो देशको विभिन्न...

अवैध लागूऔषधसहित युवक पक्राउ

कैलाली । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २४ वर्षीय प्रमोद चौधरी रहेका छन् । उनलाई १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सूूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...