अवैध लागूऔषधसहित युवक पक्राउ

तु खबर संवाददाता
२०८० माघ ४, बिहीबार १७:३९

कैलाली । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २४ वर्षीय प्रमोद चौधरी रहेका छन् । उनलाई १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीलाई सूूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।