यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८० माघ ५, शुक्रबार ०८:४२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुसार अनुसार, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

उक्त प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनुका साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको जनाइएको छ ।

यस्तै, आज दिउँसो देशको विभिन्न प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाखाले जानकारी गरेको पूर्वानुमानमा उल्लेख छ ।