समाचार
अवैध लागूऔषधसहित युवक पक्राउ
कैलाली । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ बस्ने २४ वर्षीय प्रमोद चौधरी रहेका छन् । उनलाई १ ग्राम ५ सय मिलिग्रामसहित बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सूूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
बक्सिङ खेलाडी गोसाईं मृत फेला
काठमाडौं । बक्सिङ खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी उनी मृत अवस्थामा फेला परेकी हुन् । मृतक गोसाईं भक्तपुर नगरपालिका–८ निवासी हुन् । उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।मृतक गो...
बिहीबार ७ अंकले घट्यो नेप्से
काठमाडौं । साता कारोबारको आज अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबारको तुलनामा आज नेप्से ७ अंकले गिरावट आएको हो । आज नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ८ अर्ब १७ करोड बराबरको कारोबार भएको छ । यसअघि बुधबार ९ अर्ब...
दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ
पोखरा । व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनीमाथि हातपात भएको हो । उनीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतम रहेका छन् । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान...
महिलाका लागि १५ दिने सवारी प्रशिक्षण सुरु
मकवानपुर । महिलाहरुको आर्यआर्जनमा टेवा पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाले १५ दिने सवारी प्रशिक्षण सुरु गरेको छ । आर्यआर्जनका लागि महिला लक्षित कार्यक्रम अन्तरगत उपमहानगरले हेटौंडा–११, स्थित पोयोनिर मल्टिपर्पस ड्रईभिङ सेन्टरमा ४ चक्के सवारी साधनको प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणमा उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुबाट महिलाहरुले सहभागिता जनाएका छन् ।...
हेटौंडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने
मकवानपुर । करिब तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले यही माघ तेस्रो साताबाट उत्पादन सुरु हुने भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको उक्त सिमेन्ट उद्योग कोइला आपूर्तिमा समस्या आएपछि बन्द भएको थियो । उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही...
ठगीको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी दर्ता
काठमाडौँ । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी विभागमा उजुरी दर्ता भएको छ । उनीसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराएका हुन् । लामिछान गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी थिए । ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा...
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
काठमाडौँ । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान युगान्डा प्रस्थान गरेसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उनले पाएका हुन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न...
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान गरेका छन् । ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९ औँ शिखर सम्मेलनमा सहभागी हुन उनी आज विहान कतार एयरलाइन्सबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको...
१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष बादे पक्राउ
काठमाडौँ । घुस लिएको आरोपमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर– ९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको...










