दुर्गा प्रसाईंमाथि हातपात, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ ४, बिहीबार १७:१५
file-photo

पोखरा । व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनीमाथि हातपात भएको हो ।

उनीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतम रहेका छन् ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।