बिहीबार ७ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८० माघ ४, बिहीबार १७:२८

काठमाडौं । साता कारोबारको आज अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

बुधबारको तुलनामा आज नेप्से ७ अंकले गिरावट आएको हो ।

आज नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ८ अर्ब १७ करोड बराबरको कारोबार भएको छ ।

यसअघि बुधबार ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।