समाचार

तीन महिनादेखि हेटौंडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर । वर्षौँदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ३ महिनादेखि बन्द रहेको छ । आर्थिक संकटका कारण अझै सिमेन्ट उत्पादनमा कठिनाई भइरहेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले तु खबरलाई जानकारी दिए । उद्योग व्यवस्थापनले आर्थिक स्रोत जुटाउने प्रयास गरेको भएपनि तत्काल सम्भव नहुँदा कोइला खरिद गरी ल्याउन...

टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मेम्बर टोलस्थित टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । टासी छ्योलिङ गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार टासी छ्योलिङ गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित गुम्बा भवन उद्घाटन...

हेटौंडा १९ मा नेकपा एसको वडा कमिटी पुर्नगठन

हेटौंडा । नेकपा एकिकृत समाजावादीको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मा वडा कमिटी पुर्नगठन गरिएको छ । पार्टिका अध्यक्ष रहेका रामप्रसाद दाहाल एमाले प्रवेश गरेपछि नेतृत्व बिहिन बनेको पार्टिको पुर्नगठन गरिएको हो । सनिवार हेटौंडा १९ ज्यामिरेमा भएको वडा भेलाले मानबहादुर मोक्तानको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरेको...

चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्छ: प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुले मनाउने चाडपर्वहरुले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी हामीलाई राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् । सोमबार मनाइँदै गरिएको माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो विश्वास लिएका हुन् ।...

हेटौंडा जेसीजको ४६ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम

हेटौंडा । हेटौंडा जेसीजको ४६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार हेटौंडाको रोयल पार्टी प्यालेशमा आयोजित कार्यक्रममा करिब एक हजार भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । पुष १४ गते भएको निर्वाचनबाट निर्वाचित वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको टिमको पदस्थापना तथा पुरस्कार...

थाहा पाउनुहोस् आजको मौसम

मकवानपुर । नेपालमा आज पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ । आज पश्चिमी वायुको आंशिक प्रभाव रहने छ । आज विहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्÷कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको...

फागुन पहिलो साता माओवादीको विधान सम्मेलन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । शनिवार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको बैठकले सम्मेलन फागुन १, २ र ३ गते गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले...

रात्रिकालिन पाहुना विश्रामघर उद्घाटन

मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित रात्रिकालिन पाहुना विश्रामघरको उद्घाटन गरिएको छ । शनिबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिद्वारा संचालित उक्त विश्रामघर उद्घाटन गरेका हुन् । भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिको २० औं...

एमाले थाहा नगरको अधिवेशन फागुन २८ गते हुने

मकवानपुर । नेकपा एमालेको थाहा नगर कमिटीको अधिवेशन फागुन २८ गते हुने भएको छ । शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले अच्युतमप्रसाद ढकालको संयोजकत्वमा एक सय ५ सदस्यीय अधिवेशन आयोजक कमिटीसमेत गठन गरेको छ । केन्द्रीय पोलिटब्यूरो सदस्य एवं मकवानपुर इञ्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष...

झरनाको बदामसँग कविता कार्यक्रम

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले बदामसँग कविता कार्यक्रम आयोजना गरकोे छ । झसापको २९८ औँ साहित्य शृङ्खलाका अवसरमा शुक्रबार हेटौँडा–१७ मा रहेको जुरेथुम पर्यटकीय पार्कमा करिब तीन दर्जन सर्जकहरुले बदाम र सुन्तला खाँदै कविता वाचन गरेको संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिए ।...