फागुन पहिलो साता माओवादीको विधान सम्मेलन

तु खबर संवाददाता
२०८० पुष २९, आईतवार ०७:४१
file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । शनिवार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको बैठकले सम्मेलन फागुन १, २ र ३ गते गर्ने निर्णय गरेको हो ।

बैठकले सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ ।