समाचार
दाङमा बस दुर्घटनाः हेटौंडाका बिष्टसहित १२ जनाको मृत्यु
हेटौंडा । दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सोही घटनामा २३ जना घाइते भएका छन् । गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो । बसमा सवार ३५ यात्रुमध्ये...
पृथ्बी जयन्तीको अवसरमा राप्रपा नेपालको चियापान
मकवानपुर । राप्रपा नेपाल मकवानपुरले ३०२ औँ पृथ्बी जयन्तीको अवसरमा चियापान गरेको छ । जिल्ला सभापति गुरुप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थापाले घुस लिने र दिने दुवै मुलुकको सत्रु भएको बताए । उनले पृथ्बीनारायण शाहले पुर्याएको योगदानको उच्च...
पृथ्बी जयन्तीमा राप्रपा मकवानपुरद्वारा रक्तदान कार्यक्रम
मकवानपुर । ३०२ औँ पृथ्बीजयन्तीको अवसरमा राप्रपा मकवानपुरले आज हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । राप्रपाका केन्द्रीय सदस्य नवराज विष्टले रक्तदान गरी रक्तदान कार्यक्रम सुभारम्भ गरेका थिए । राप्रपाका नेता तथा कार्यकर्ताहरुसहित स्थानीय समाजसेवी र व्यापारी गरी ३५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमबाट संकलित रगत हेटौंडा...
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट मानवीय क्षति भने नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी...
सुनको मूल्य बढ्यो
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको छ । अघिल्लो दिन...
कृषि विकास बैंकमा १५ जना कर्मचारी माग
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो । बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसरमा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट फाइनान्स अफिसरमा १ जना कर्मचारी मागेको हो । सूचनामा तोकिएबमोजिमको योग्यता...
मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा पाख्रिनको मृत्यु
मकवानपुर । जिल्लाको मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे निवासी २२ वर्षीय सुकदेव पाख्रिनको मृत्यु भएको हो । विहिबार राति १२ः३० बजे मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ बाँदरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सीतर्फ...
रामबहादुर बम्जनलाई पूर्पक्षका लागि थुनामा पठाइयो
काठमाडौँ । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक ३०...
हेटौंडा जेसीजको भवन मर्मत हुँदै
मकवानपुर । देशकै नमूना जेसीजको रुपमा स्थापित हेटौंडा जेसीजको हेटौंडा–४ स्थित भवनको मर्मत कार्य भइरहेको छ । जेसीज वर्ष सन् २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले आफुले ककसमा बाचा गरेअनुसार जेसीज भवन मर्मतको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ९ बाट प्राप्त...
व्यवसायी दुर्गा प्रसाईँले माघ ६ गते हेटौंडामा सम्बोधन गर्ने
मकवानपुर । राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मकवानपुर जिल्लाको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न व्यवसायी दुर्गा प्रसाईँ हेटौंडा आउने भएका छन् । महाअभियानका नारायणी अञ्चल संयोजक विजय तिमल्सिनाले सो विषयमा आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् । माघ ६ गते दिउँसो १ बजे हेटौंडाको हुप्रचौरमा...









