समाचार
राष्ट्रियसभा निर्वाचनः बागमतीमा ४ पदका लागि १६ जनाको उम्मेदवारी
मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेश क्लस्टरको राष्ट्रिय सभा सदस्यको ४ पदको लागि गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १६ जना उम्मेदवारहरुले...
घट्यो सुनको मूल्य
काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ । लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार...
बागमती खोलामा पुरुषको शव फेला
मकवानपुर । जिल्लाको बागमती गाउँपालिका स्थित बागमती खोलामा एक जनाको शव फेला परेको छ । बागमती गाउँपालिका वडा नम्वर–४ झुरझुरे निवासी ३५ वर्षीय गोपाल थिङ्को शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थिङ हिजो दिउँसो खोलमा माछा मार्न भनेर घरबाट हिँडेको र घर नफर्किएपछि आफन्तहरुले खोजी गर्ने...
राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन जारीः कुन दलबाट को उम्मेदवार ?
मकवानपुर । राष्ट्रिय सभामा बागमती प्रदेशबाट ४ सिटको लागि हुने निर्वाचनमा मनोनयन दर्ता प्रक्रिया जारी छ । गठबन्धनको तर्फबाट कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पौडेल, नेकपा माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजालले मनोनयन गराएका छन् । उनीहरुले प्रदेश निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गराएका हुन्...
मानवसेवा आश्रमद्वारा मकवानपुरगढी जेसीजलाई स्वागत सम्मान
मकवानपुर । मानवसेवा आश्रम हेटौंडाले मकवानपुरगढी जेसीज वर्ष सन् २०२४ को नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । आइतबार साँझ जेसीजका अध्यक्ष विजय पुडासैनीसहित सिङ्गो कार्यसमितिलाई आश्रमले माला लगाएर स्वागत सम्मान गरेको हो । सो अवसरमा अध्यक्ष पुडासैनीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्दै आश्रम र आश्रममा आश्रितहरुको...
बागमती सरकारद्वारा ७ वटा कार्यविधि स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारले ७ वटा कार्यविधि स्वीकृत गरेको छ । आइतबार साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा कार्यविधि स्वीकृत गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार जनचेतनामुलक प्रचारक सामग्री निर्माण, प्रशारण तथा वितरण कार्यविधि २०८०...
चैनपुर जेसीजको अध्यक्षमा ढकाल
मकवानपुर । चैनपुर जेसीज वर्ष सन् २०२४ को अध्यक्षमा रबिन ढकाल चयन भएका छन् । शनिबार भएको जेसीजको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश खुलाल, उपाध्यक्षमा हरिशरण शिवाकोटी, उज्वल बिष्ट, नवराज रिजाल र...
माओवादीले टुंग्यायो राष्ट्रिय सभाको लागि ६ उम्मेदवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको छ । केही बेरमा माओवादीसहित गठबन्धन दलहरुको बैठक बस्ने र अन्तिम रुप दिने माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अर्का एक पदाधिकारीका अनुसार कोशीबाट चम्पादेवी...
सकियो “थाहा फोटो प्रर्दशनी”
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारबाट सुरु भएको दुई दिने थाहा फोटो प्रर्दशनी सकिएको छ । नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यको साथ सुरु भएको प्रर्दशनी शनिबार सकिएको हो । प्रर्दशनीमा ६० वटा फोटोहरु प्रर्दशनमा राखिएको थियो । थाहा...
हेटौंडा उपमहानगरको संशोधित बजेट ३ अर्ब नजिक
मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको संसोधित बजेट ३ अर्ब नजिक पुगेको छ । चालु आर्थिक बर्ष २०८०/०८१ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै सनिवारको १४ औं नगर सभाबाट बजेटको आकार बढेको हो । हेटौंडा–१८ गुम्बाडाँडामा भएको उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संसोधन सहितको...









