राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन जारीः कुन दलबाट को उम्मेदवार ?

तु खबर संवाददाता
२०८० पुष २३, सोमबार १४:१६

मकवानपुर । राष्ट्रिय सभामा बागमती प्रदेशबाट ४ सिटको लागि हुने निर्वाचनमा मनोनयन दर्ता प्रक्रिया जारी छ । गठबन्धनको तर्फबाट कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पौडेल, नेकपा माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजालले मनोनयन गराएका छन् ।  उनीहरुले प्रदेश निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गराएका हुन् ।

त्यस्तै नेकपा एमालेबाट रोजकुमारी चौलागाई, विवेक देवकोटा, ध्रुव विश्कर्मा र त्रिलोचन निर्मल पौडेलले मनोनयन दर्ता गरेका हुन् ।
राप्रपाबाट हेमजंग गुरुङ, नानू नगरकोटी, भरतमणि भट्ट र पुर्णबहादुर विश्वकर्माले मनोनयन गराएका छन् भने नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट हिमालयश्वर मुल, श्रीकृष्ण महर्जन, संगिता नेपाली र कृष्णलक्ष्मी दुवालले मनोनयन दर्ता गराएका छन् । मनोनयन अझै जारी छ ।

कूल मतदाता ३४७ रहेको बागमती प्रदेशमा कुल मतभार १० हजार ३३३ रहेको छ । यहाँ गठबन्धनको ६ हजार ७८९ र एमालेको २ हजार ५७१ मतभार छ । गठबन्धन र एमालेबाहेक दलको ९९२ मतभार छ ।