समाचार
एष्ट्रोनोभाको विदेश प्रतिनिधिमा नाइजेरियाका आयोला नियुक्त
मकवानपुर । हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा बाबाटुन्डे आयोला नियुक्त भएका छन् । बुधबार रिपोटर्स क्लब नेपाल मकवानपुरको संयोजनमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले नाइजेरियाका नागरिक आयोलालाई नियुक्ती पत्र प्रदान गरेका...
सन्दीप लामिछानेलाई आठ वर्ष कैद फैसला
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दिप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष सजाय हुने सुनाएको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ । गत पुस...
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारको एक वर्ष पूरा
मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको सरकारले १ वर्षको अवधिमा १३ वटै जिल्लामा प्रदेश सरकारका मन्त्रालयका सेवा कार्यालयबाट सेवा प्रवाह तथा सञ्चालन, संघ, अन्तरप्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा उल्लेखनीय प्रगती भएको जनाएको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको भन्दै मुख्यमन्त्री...
जेष्ठ नागरिकलाई उपमहानगरको अभिमुखिकरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा रहेका जेष्ठ नागरिकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु भएको हो । बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमती प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा संविधानले व्यवस्था...
बम्जनको घरबाट ३ करोड ३४ लाख बरामद
काठमाडौँ । मंगलबार पक्राउ परेका रामबहादुर बम्जन उर्फ ‘लिटल बुद्ध’ को बूढानीलकण्ठस्थित घरबाट प्रहरीले नगद ३ करोड ३४ लाख रुपैयाँ बरामद गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२...
सुनको मूल्य घट्यो
काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य ५ रुपैयाँले...
हेटौंडा क्याम्पसको प्रमुखमा देवीराम लामा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित हेटौंडा क्याम्पसको प्रमुखमा देवीराम लामा नियुक्त भएका छन् । बुधबार क्याम्पस सञ्चालक समितिको बैठकले लामालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । लामा यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए । २०६५ सालबाट हेटौंडा क्याम्पसको सेवामा प्रवेश गरेका लामा २०७० सालबाट...
उपचारका क्रममा सुत्केरीको मृत्यु
काठमाडौँ । बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो । हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए...
हेटौँडामा काँडेतारको विशेष प्रदर्शनी हुने
मकवानपुर । हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष शो प्रदर्शन हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले नेपाल र भारतको खुला सीमाका कारण झडपमा परी मृत्यु भएका परिवार तथा...
चेपाङ बाहुल्य क्षेत्रलाई विशेष क्षेत्र घोषणा गर्छौँः मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका चेपाङ बाहुल्य क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउन लागिएको बताएका छन् । प्रदेशका धादिङ, मकवानपुर र चितवनलाई यसअघि नै संरक्षित क्षेत्र घोषणा गरेको प्रदेशले सिमान्तकृत चेपाङ समुदायको उत्थानका लागि ‘चेपाङ चिउरी र चमेरो’ कार्यक्रम कार्यान्वयन गर्न कार्यविधिसमेत पास गरिसकिएको...









