हेटौंडा क्याम्पसको प्रमुखमा देवीराम लामा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ स्थित हेटौंडा क्याम्पसको प्रमुखमा देवीराम लामा नियुक्त भएका छन् ।
बुधबार क्याम्पस सञ्चालक समितिको बैठकले लामालाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
लामा यसअघि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए ।
२०६५ सालबाट हेटौंडा क्याम्पसको सेवामा प्रवेश गरेका लामा २०७० सालबाट सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए । क्याम्पस प्रमुखको कार्यकाल ४ वर्षको हुने जनाइएको छ । हेटौँडा क्याम्पसमा २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
