समाचार

धनगढीमा साइकल लेन सञ्चालन

धनगढी । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन पनि सञ्चालन गरिएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो । लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने...

हेटौैँडामा “थाहा फोटो प्रर्दशनी” आज पनि जारी

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा जारी थाहा फोटो प्रर्दशनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरिरहेका छन् । शुक्रबारबाट सुरु भएको प्रदर्शनीमा नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यका साथ ६० वटा फोटो राखिएको छ । थाहा नगरपालिकाको आयोजना तथा फरक...

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको...

मकवानपुरगढी जेसीज वर्ष २०२४ को अध्यक्षमा पुडासैनी सर्वसम्मत

हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् । शुक्रबार मकवानपुरगढी जेसीजको प्रथम साधारणसभाबाट पुडासैनी सर्वसम्मत चुनिएका हुन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुनिल सुवेदी र सुनिल बहादुर पाख्रिन चुनिएका छन् । उपाध्यक्षमा रोहित पुडासैनी, प्रवेश सापकोटा, भरतमोहन देवकोटा र मनोज देवकोटा चयन...

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी पनि स्थिर रहँदै तोलाको १४ सय २० रुपैयाँमा...

३ सय वर्ष पुरानो इतिहास बोकेको अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल दर्ता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १७ स्थित अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलले स्थानीय प्रशासनबाट आधिकारिकता प्राप्त गरेको छ । करिब ३ सय वर्ष पुरानो इतिहास बोकेको सो धार्मिक क्षेत्र हिजो विहिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आधिकारिक रुपमा दर्ता भएको हो । उक्त धार्मिक तथा पर्यटन स्थल समितिको अध्यक्षमा...

पार्टीसम्बद्ध संगठनको भेलामा सहभागी हुन लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ । प्रवासी नेपाली एकता समाजको भेलामा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्। मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध संगठनको भेलामा सहभागी हुन उनी गएराति मलेसिया प्रस्थान गरेका हुन् । कार्यक्रमको क्रममा लिङ्देनले मलेसियामा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी...

भारत फर्किए जयशंकर

काठमाडौँ । भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्किएका छन् । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल भ्रमणमा रहेका उनी नेपालको २ दिने भ्रमण सकेर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन् । उनले बिहीबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री...

वाइसियल हेटौंडाको प्रथम बैठक तथा प्रमाणपत्र वितरण

मकवानपुर । नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल हेटौंडा उपमहानगर कमिटिको प्रथम बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । आज विहिबार पार्टी कार्यालयमा बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको हो । वाइसियल नेपाल नगर कमिटीका अध्यक्ष मदन उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक...

सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प मापन

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरणबारे जानकारी आइसकेको छैन ।