समाचार

बहुमुखी क्याम्पस सञ्चालन सहयोगार्थ घलानको २ लाख सहयोग

हेटौंडा । नेपाल तामाङ घेदुङ, मकवानपुर जिल्ला समन्वय समिति अध्यक्ष तथा नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले बहुमुखी क्याम्पस सञ्चालन सहयोगार्थ नगद २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन् । घलानले मंग्लवार मकवानपुरको बकैया गाउँपालिका ३ नं. वडा हात्तीसुँडे स्थित श्री बुद्ध माद्यामिक विद्यालयद्वारा...

निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । आसन्न माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरु चयन गर्न हुने निर्वाचनका लागि हेटौँडा– ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा मकवानपुरमा कार्यालय स्थापना गरिएको हो ।  जिल्ला न्यायाधीश एवम् निर्वाचन...

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

हेटौंडा । नगरस्तरीय बाल समूह संजालको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिवार संजालका अध्यक्ष सौरज देवकोटाको अध्यक्षता तथा उपमहानगरकी मेयर मिना लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा १० नम्वर वडाका प्रतियोगिहरु प्रथम, १७ नम्वर वडाका प्रतियोगिहरु द्वितीय, ४ नम्वर वडाका...

वीपी विचार समाजको आयोजनामा विचार गोष्ठी

हेटौंडा । वी.पी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा गोष्ठीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको...

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरु

हेटौंडा । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । विश्वभरमा मानिसहरुसहित नेपालीहरुले पनि आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको...

गाडिको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ । नेपालगञ्जमा गाडिको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको...

वाइसीएल हेटौंडा उपमहानगरको नेतृत्वमा उप्रेती

मकवानपुर । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको दोश्रो नगर सम्मेलन शनिबार हेटौंडा सम्पन्न भएको छ । सम्मेलनले मदन उप्रेतीको अध्यक्षतामा ३९ सदस्यीय नगरकमिटी सर्वसम्मत् चयन गरेको छ । कमिटिको उपाध्यक्षमा निलम्वर सापकोटा र विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिवमा दिवश लामा र समन गौतम, कोषाध्यक्षमा हिरा पुलामी...

पालुङ जेसीज वर्ष २०२४ को अध्यक्षमा रायमाझी

मकवानपुर । पालुङ जेसीज वर्ष २०२४ को अध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् । शनिबार राती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी माधव कार्की लाई ४२ मतले पराजित गर्दै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् । रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत प्राप्त गरे । जम्मा ९२ मत खसेकोमा ४...

आज तमु ल्होसार, सार्वजनिक विदा

मकवानपुर । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्वको उपलक्ष्यमा आज सरकारले सार्वजनिक विदा दिएको छ । गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच...

प्रदेश प्रमुख शर्माले दिए तमु ल्होछारको शुभकामना

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले गुरुङ समूदायको महत्वपूर्ण पर्व तमु ल्होछारको उपलक्ष्यमा शुभकामना दिएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका यस समुदायका दाजुभाई–दिदिबहिनी तथा समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिए । हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु...