समाचार

तीन दिने आत्मरक्षा तालिम सुरु

हेटौंडा । बागमती प्रदेश युवा परिषदको आयोजनामा तीन दिने आवासीय महिला आत्मरक्षा प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानूनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनेछ । प्रदेश भित्रका २६ विद्यालयका...

बालकुमारीमा भएको झडपमा दुई जनाको मृत्यु

काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाहरुले गरेको प्रदर्शन क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । सो झडपमा परी २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । त्यस्तै पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले...

रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी

मकवानपुर । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा क्रियाशील पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा आज हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र...

मनकारी विकेशलाल

हेटौंडा । मानव सेवाको महत्वपूर्ण अंश समाज सेवा हो । समाज सेवाको लागि केवल धन भएर हुँदैन ह्रृदयदेखि नै यसको गहिराइलाई आत्मसाथ गर्न सक्नुपर्छ । सामाजिक भावना नभएका र पारिवारिक दायित्वबोध नभएका उमेरले तन्नेरीहरु पनि निराशाको दल–दलमा फँसिरहेका हामी देख्न सक्छौँ । तर, बाल्यकालदेखि जीवनका दर्जनौँ बसन्त पार गरिकक्दासम्म...

हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै, भोलि विहान छलफल हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदै छन् । प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँडमा देखिएको समस्याबारे छलफल गर्न र संविधान कार्यान्वयनमा देखिएका चुनौतीबारे अन्तरक्रिया गर्न सबै प्रदेशका मुख्यमन्त्रीहरु हेटौंडा आउन लागेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझसम्म सबै प्रदेशका मुख्यमन्त्री हेटौंडा...

हेटौंडामा प्रदेश सरकार र स्थानीय तहको अधिकारबारे छलफल

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश सरकार र स्थानीय तहको अधिकारको विषयमा अन्तरक्रिया गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रदेश र स्थानीय तहको अधिकारका विषयमा छलफल भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै बागमती...

मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ । २०७६ मा बागलुङबाट उद्धार गरिएको र आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते बकैया–३ हात्तिसुँडेबाट उद्धार गरिएको र हाल आश्रममा बस्दै आएका २५ वर्षीय...

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा नियुक्त गरिएको छ । आयोगले जारी गरेको सूचना अनुसार बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद...

हेटौंडा जेसीजको अध्यक्ष पदमा बर्तौलाको उम्मेदवारी घोषणा

मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदमा अमृत बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । आज बुधबार पत्रकार सम्मेलनमार्फत् बर्तौलाले चुनावी प्यानलसमेत सार्वजनिक गरेका हुन् । बर्तौलाको समूहमा कार्यकारिणी उपाध्यक्षद्धय विवेकानन्द न्यौपाने र जीवन ढकाल रहेका छन् । त्यस्तै २०२४ का लागि उपाध्यक्ष पदमा रमेश काफ्ले, रमेश...

प्रदेश प्रमुख शर्माले दिए शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले किराँत समुदायमा मंगलबार मनाइँदै गरिएको उद्यौली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै  शर्माले हाम्रो देशका आदिवासी जनजातिहरु प्रकृतिसंग जीवनका हरेक पक्षहरुसंग एकाकार हुँदै आएको कुरा सर्वविदितै भएको बताए । प्रकृतिसंग रमाउने विशेषताको एक पक्ष उद्यौली...