समाचार

पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यासको भाउ यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको भाउ घटाएको हो । पनगमका अनुसार, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटेको हो ।एलपी ग्यासको मूल्य भने यथावत...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।...

कांग्रेस बागमती प्रदेशको सम्मेलन पुस ७ मा हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती कार्यसमितिले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौंमा गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि पहिलो पटक बागमती प्रदेशको सम्मेलन गर्न लागिएको हो । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता...

अपडेट : दुर्घटनामा गम्भीर घाइते मकवानपुरका स्याङ्तानको मृत्यु

मकवानपुर । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरको मकवानपुरगढी–२, कुर्लेपाखा बस्ने भीमबहादुर स्याङ्तानको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ धवाडीपुलस्थित भित्रि सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, सुकौराबाट कान्तिलोकपथतर्फ...

हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिले हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समितिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संचालन गरेको साताव्यापी कार्यक्रमअन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरेको...

लागूऔषधसहित एक जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट प्रहरीले बिहीबार अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रित लागूऔषधस एभिल ५ एम्पुल, डाईजेपाम ३ एम्पुल, नाईट्राभेट ट्याब्लेट १५ एम्पुल, नाम नखुलेको ७ एम्पुल र खाली सिरिन्ज २ थानसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८...

एकीकृत समाजवादीको सचिवालय बैठक बोलायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक यही मंसिर १८ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाइएको हो । सो बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल गर्ने नेताहरूको तयारी छ ।

१८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा कायम भएको हो । यस्तै, आज नेपसेमा सूचीकृत २८८ कम्पनीको ४४ लाख कित्तामाथि शेयर खरिदबिक्रि भएको छ भने १ अर्बमाथिको शेयर कारोबार भएको छ । आज नेप्से ओरालो...

चिसोले कठ्याङ्ग्रिएर बालिकाको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे–१ स्याग्रीका सुनिल वादीकी ३ वर्षीया छोरी रक्षा वाली रहेकी छन् । उनकोे बुधबार मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार, स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा...

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राजदूत नियुक्त गरेका हुन् । नियुक्त हुने राजदुतहरुमा दानबहादुर तामाङ र रामप्रसाद सुवेदी रहेका छन् । तीमधये दाबहादुरलाई गणतन्त्र मोजाम्बिकको लागि र रामप्रसादलाई इटालीका लागि...