हेटौंडामा रास्वपाद्वारा गृहमन्त्रीको राजीनामा माग

तु खबर संवाददाता
२०८० पुष १४, शनिबार १८:३२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
शनिवार हिजो बालकुमारिमा भएको घटनालाई लिएर हेटौंडामा प्रदर्शनसमेत गरिएको छ ।

रास्वपाले जिल्ला पार्टी कार्यालयबाट ब्यानरसहित विरोध ¥याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरुले ‘हत्यारा सरकार जवाफ दे, गठबन्धन सरकार चाहिँदैन, जनता मार्न पाइदैँन, निरकुंश गृहमन्त्री जवाफ दे,’ भन्दै नारा लगाएका थिए ।