हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्षमा श्रेष्ठ निर्वाचित
मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनमा प्रतिस्पर्धी अमृत वर्तौलालाई पछि पार्दै श्रेष्ठले नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
कूल १७६ जना मतदातामध्ये १६७ जना मतदान प्रक्रियामा सहभागी थिए । जसमध्ये श्रेष्ठले ८६ मत पाउँदा बर्तौलाले ८१ मत पाएका हुन् । थप विवरण आउन बाँकी छ ।
श्रेष्ठ र बर्तौला दुवैजना वर्ष २०२३ को कार्यकारिणी उपाध्याक्ष थिए ।
त्यस्तै वर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने १ सय ३ मत र जीवन ढकालले ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उपाध्यक्षमा आतिष दाहाल १ सय ५३ मत, रमेश कार्कीले १ सय १८ मत, रमेश पराजुली १ सय २ मत र विश्वास पराजुली ८८ मतसहित विजयी भएका छन् ।
