हेटौंडा जेसीजको निर्वाचन आज, नेतृत्वका लागि विकेशलाल र अमृतको प्रतिस्पर्धा

तु खबर संवाददाता
२०८० पुष १४, शनिबार ११:४०
तस्वीरमाः विकेशलाल श्रेष्ठ/अमृत बर्तौला

मकवानपुर । हेटौंडा जेसीज वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो ।

वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष द्वय विकेशलाल श्रेष्ठ र अमृत बर्तौलाले वर्ष २०२४ को अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्ष पदमा विश्वप्रसाद गौतम, जीवन ढकाल, विवेकानन्द न्यौपाने र विपिन ताम्राकारले मनोनयन गराएको निर्वाचन आयुक्त पवन कंसाकारले जानकारी दिए ।

त्यस्तै उपाध्यक्ष पदमा रमेश काफ्ले, रमेश पराजुली, विश्वास पराजुली आतिष दाहाल, किरण आले र विवेक फुँयाल उम्मेदवार छन् ।
निर्वाचनबाट अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष २ जना र उपाध्यक्ष ४ जना गरी जम्मा ७ जना निर्वाचित हुने निर्वाचन आयुक्त कंसाकारले बताए । निर्वाचन केही बेरमा सुरु हुँदैछ ।