देउसी भैलोबाट संकलित रकम विपन्न विद्यार्थीलाई
मकवानपुर । बाल सञ्जालले देउसी भैलोबाट संकलित रकम विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । शनिबार मनहरी गाउँपालिका वडा नं ३ को बाल सञ्जालले गएको तिहारमा देउसी भैलोबाट उठेको रकम विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
बाल सञ्जाल मनहरीका सदस्य लिलामाया तामाङको नेतृत्वमा गत तिहारमा ३ नं वडाका बाल सञ्जालको समूहले देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा संकलिते १५ हजार रुपैयाँ बराबरको रकमबाट वडा बाल सञ्जालले ६ जना विद्यार्थीलाई १ जोर न्यानो कपडा , कापी/कलम लगायतका स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो ।
स्थानीय वडा अध्यक्षले सो सामग्री वितरण गरेका हुन् ।
