समाचार

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुगे

काठमाडौं । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल आइपुगेका छन् । वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट उनी विहान ९ः३० मा नेपाल आइपुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ पुगेका थिए । उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल...

प्रमुख राजनीतिक दलका नेताहरुको बैठक आज पनि बस्दै

काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा...

हतकडिसहित फरार भएका थुनुवा समातिए

काठमाडौँ । काठमाडौं जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको हो । डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई...

जिल्ला अदालत काठमाडौँबाट भागे थुनुवा

काठमाडौँ । काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट गरेको अभियोगमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरी थुनामा राखेको एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनले भने,...

वन ऐन संशोधनका लागि सरोकारवालासँग छलफल

मकवानपुर । वन ऐन संशोधनका लागि सरोकारवालासँग छलफल गरिएको छ । मनहरी गाउँपालिकाको सहकार्य र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा छलफल कार्यक्रम सञ्चालन भएको हो । स्थानीय समुदाय र आदिवासी जनजातीको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागू गरिएको स्थानीय वन ऐन संशोधनमा स्थानीय सरकारसँग...

अमेरिकामा हिमआँधीको अनुमान

न्यूयोर्क । अमेरिकाको वाशिंगटन डीसीदेखि न्यूयोर्क सिटीलगायतका क्षेत्रमा जनवरी ६ देखि ८ सम्म हिमआँधी आउने अनुमान गरिएको छ । विगत ६४८ दिनदेखि न्यूओर्क सिटीमा एक इन्च हिमपात नभएको र यसै साता हिउँ खडेरी समाप्त हुने अनुमान गरिएको छ । हिमपातसँगै न्यू इङ्गल्याण्ड, न्यूयोर्क र मध्य एट्लान्टिकको उच्च तापक्रम यस...

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा स्थायी घर भई हाल बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान बिनोद एडी रहेका छन् । आज विहान ०६ः४० बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौडा तर्फबाट...

सहयोगापेक्षी विद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाँउपालिकामा न्यानो कपडा वितरण गरिएको छ । मंगलबार बागमती गाँउपालिका वडा नं ८ स्थित श्रीभैरव प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीलाई न्यानो कपडाका साथै शैक्षिक साम्रगी वितरण गरिएको हो । सहयोगापेक्षी विद्यार्थीहरुलाई आवश्यक न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्र्तगत यो कार्यक्रमको आयोजना गरिएको डिभाईन युथ...

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय कृष्ण बहादुर थापा मगर रहेका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ घरेटीडाँडा निवासी बस्ने ५५ वर्षीय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले पुष्टि गरे । मगर २...

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल, धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन् । योसँगै रुसी सेनामा भर्ना...