रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

तु खबर संवाददाता
२०८० पुष १७, मंगलवार १६:५९

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको पुष्टि गरे ।

मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल, धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।