समाचार

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके...

गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

सिन्धुली । गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गरे । सिन्धुलीका ९ स्थानीयतह मध्ये ८ स्थानीय तहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको...

सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्धाको सुनुवाइ नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ आज नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्धा दर्ता गरिएको छ ।

आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत बन्द हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत् रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने क्षेत्रमा चार घण्टा विद्युत बन्द हुने जनाएको छ । प्राधिकरणका अनुसार थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस...

कोरियाका लागि १ लाख ४३ हजार ८१२ जनाले भरे आवेदन

काठमाडौँ । ईपीएस प्रणालीमार्फत् कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन् । उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका छन् । पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त...

कांग्रेस बागमती प्रदेशको सम्मेलन आज

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन आज काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुँदैछ । प्रदेशको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो । सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने जनाइएको छ । यसका साथै पार्टीको आन्तरिक निर्वाचन...

आजदेखि नारायणगढ–मुग्लिन सडक ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन आजबाट दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द रहने जनाइएको छ । भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका...

मनहरी अध्यक्ष कपको उपाधी ७ नम्बरलाई

मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी ७ नम्बर वडाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा २ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै ७ ले उपाधी जितेको हो । ७ लाई उपाधी जिताउने क्रममा मनिष पौडेल नायक बने । खेलको ५४ औं मिनेटमा पौडेलले निर्णायक गोल...

‘प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्छौँ’

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई संविधान बमोजिम अधिकार हस्तान्तरण नगरे संघ सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले प्रदेश सरकारलाई संविधान अनुसार अधिकार दिएर तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेका छन् । सुनसरीको भोक्राहामा निर्माण भएको ४०० केभीए...

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

मकवानपुर । जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–८ साततलेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिन रहेका छन् । प्रहरीका अनुसार बिहीबार राति बगरचोकबाट साततले तर्फ फर्कने क्रममा बागमती प्रदेश ०३– ००२ प ३२६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित...