समाचार

नेप्से परिसूचकको उकालो यात्रा

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालोतर्फ लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अंकले उकालो...

ढुक्क भएर आर्थिक गतिविधि गरौँः अर्थमन्त्री महत

मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले मुलुकमा आर्थिक गतिविधि ढुक्क भएर गर्न सक्ने अवस्था सिर्जना भएको बताएका छन् । उनले अर्थतन्त्र सुधार हुँदै गएकोले अब आर्थिक गतिविधि गर्न चिन्ता लिनुपर्ने अवस्था नरहेकोसमेत बताए । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महतले...

गाँजाको वैधानिकताको नेतृत्व कांग्रेसले गर्नुपर्छ : भेटवाल

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य राजेश भेटवालले गाँजा खेतीको वैधानिकताको विषयमा कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्न जरुरी रहेको औंल्याएका छन् । नेपाली कांग्रेस मकवानपुरको मंगलबार हेटौंडामा हुन लागेको प्रथम जिल्ला सम्मेलनको सन्दर्भमा पार्टी सभापति बुद्ध लामालाई ज्ञापन पत्र बुझाउँदै भेटवालले यस्तो धारणा राखेका हुन् । उनले नेपालमा...

सेवाग्राहीसँग घुस लिँदै गर्दा वडाध्यक्ष कार्की पक्राउ

हेटौंडा । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वडाध्यक्षलाई पक्राउ गरेको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियारले पक्राउ गरेको हो । आयोगको टोलीले वडा अध्यक्ष कार्कीलाई नगद ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै...

दक्षिण कोरियामा विदेशीको सङ्ख्या १० प्रतिशत बढ्यो

सोल । सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको सङ्ख्या १० प्रतिशत बृद्धि भएको तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दक्षिण कोरियामा कम्तीमा ९१ दिन बसेका १५ वर्षमाथिका विदेशी नागरिकको सङ्ख्या सन् २०२३ मा १४ लाख ३० हजार पुगेको छ । यो एक वर्षअघिको तुलनामा ९.९ प्रतिशतले बढी...

मनहरी अध्यक्ष कप फुटबलः ६ र ७ नं वडा विजयी

मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नं वडा विजयी भएका छन् । सनिबार देखि सुरु भएको उक्त प्रतियोगिता अन्तर्गत आइतबार २ खेल भएको थियो । पहिलो खेल ५ नं वडा र ६ नं वडा बिचमा रहेको थियो । पहिलो खेलमा ५ नं वडालाई ३–०...

१० दिनदेखि हराइरहेका बालक मृत फेला

काठमाडौँ । १० दिनदेखि हराइरहेका बालक मृत फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए । बालक जंगलमा मृत...

कमानेमा सडक महोत्सव हुने

हेटौंडा । हेटौंडामा सडक महोत्सव हुने भएको छ । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्यका साथ हेटौँडा ८ कमानेमा महोत्सव हुन लागेको आयोजक समितिले जनाएको छ । “कमानेको खाऔं, कमानेलाई चिनौं” भन्ने नारा सहित पुस ६ र ७ गते महोत्सव हुन लागेको र ७० वटा स्टल रहने जनाइएको छ ।...

पार्टी भित्रकै समस्याले सोचेजस्तो काम गर्न सकेनौँः उपमहासचिव पुन

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् । हेटौंडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता पुनले माओवादी केन्द्रको आन्तरिक विवाद र टुटफुटका कारण जनताको हितको सवालमा अपेक्षाकृत काम गर्न नसकिएको बताए । ‘पार्टीभित्रको टुटफुट र गलत प्रवित्तिका केही मानिसहरु हावी भएकै कारण...

मनहरीमा चौथो अध्यक्षकप नक आउट फुटबल प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा चौथो अध्यक्षकप नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ । मनहरी ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । पुस ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मनहरीका ९ वटा वडाका फुटबल टिमको सहभागिता रहेको...